Posts

Showing posts from February, 2017

जाली राम्रो लाग्छ !!

Image
गोरीभन्दा हल्का बरु, काली राम्रो लाग्छ ! गाढा होइन मन्दमन्द, लाली राम्रो लाग्छ !! उसैलाई पाउँ भन्दै, मठ मन्दिर धाउँदा ! हातमा फूल अक्षताको, थाली राम्रो लाग्छ !! भेट हुँदा जिस्क्याएर, साह्रै दिक्क पार्दा रिसाए नि माया मिश्रित, गाली राम्रो लाग्छ चौबन्दी र पटुकीलाई, भुल्न हुन्न तर छोटो छोटो पहिरनमा, जाली राम्रो लाग्छ !!

जब काग कराउछ एका बिहानै

जब काग कराउछ एका बिहानै अनी मन डराउछ एका बिहानै ढल्यो कि झै लाउछ घर माथि को बर् आखा नि फर्फराउछ एका बिहानै कस्तो देखे सपना छ्या रातै भरि मन खिन्न गराउछ एका बिहानै उनी आउने सङ्केत दिन पो होकि आगो भर्भराउछ एका बिहानै वारी नै ठिक छ जान्न  भन्छु पारि भाज्ञ खोली तराउछ एका बिहानै काटे रात जेन्तेन झिनो आशा बोकि तर किस्मत हराउछ एका बिहानै मेरो लागी थाती राखेको उन्को सिउदो पराइ भराउछ एका बिहानै

चन्द्र मुखी मुहार

चन्द्र मुखी मुहार तिम्रो झल्किछ र फोन गर्छु कालो कपाल रातो मेहन्दी टल्किन्छ र फोन गर्छु बिहानी त्य्स्तै हुन्छ दिउँसो तिमी कलेज जाने मधय रात को निशा जब ढ्ल्किन्छ र फोन गर्छु तिम्रो चिन्ता गर्दा गर्दै सुकेको छ आँसु भेल छेक्ने कोइ छैन यहाँ छल्किन्छ र फोन गर्छु कालो कपाल रातो मेहन्दी टल्किन्छ र फोन गर्छु चन्द्र मुखी मुहार तिम्रो छल्किन्छ र फोन गर्छु उठाउनु  फोन हुन्न र?

Broken heart

सानो मुटु माया धेरै ,सन्तानको घिणा  जति माया गरे पनि ,मलाई भयो पिड़ा  मेरो माय सन्तानलाई मिठो माय डिदा दिदै पिडा दिन्छन आंसू सकिये आखा बाट रुदा रुँदै  तिम्रो आमा   नेपाल