Posts

Showing posts from February 5, 2017

जाली राम्रो लाग्छ !!

Image
गोरीभन्दा हल्का बरु, काली राम्रो लाग्छ ! गाढा होइन मन्दमन्द, लाली राम्रो लाग्छ !! उसैलाई पाउँ भन्दै, मठ मन्दिर धाउँदा ! हातमा फूल अक्षताको, थाली राम्रो लाग्छ !! भेट हुँदा जिस्क्याएर, साह्रै दिक्क पार्दा रिसाए नि माया मिश्रित, गाली राम्रो लाग्छ चौबन्दी र पटुकीलाई, भुल्न हुन्न तर छोटो छोटो पहिरनमा, जाली राम्रो लाग्छ !!

जब काग कराउछ एका बिहानै

जब काग कराउछ एका बिहानै अनी मन डराउछ एका बिहानै ढल्यो कि झै लाउछ घर माथि को बर् आखा नि फर्फराउछ एका बिहानै कस्तो देखे सपना छ्या रातै भरि मन खिन्न गराउछ एका बिहानै उनी आउने सङ्केत दिन पो होकि आगो भर्भराउछ एका बिहानै वारी नै ठिक छ जान्न  भन्छु पारि भाज्ञ खोली तराउछ एका बिहानै काटे रात जेन्तेन झिनो आशा बोकि तर किस्मत हराउछ एका बिहानै मेरो लागी थाती राखेको उन्को सिउदो पराइ भराउछ एका बिहानै