
– विष्णुप्रसाद पोखरेल कर्मकाण्डी शब्द नेपाली समाजमा चर्चित र प्रिय शब्दका रुपमा प्रयोग हुने गर्दछ। यो शब्द त्यत्तिकै चर्चामा आएको छैन। जातिगत र फुटतन्त्रमा विश्वास राख्ने खै कुनै नेताले यो शब्दलाई तरंगित पारेका छन् ! मेरो बुझाइमा यसमा व्यापकार्थ निहित छ र सबैले यसको प्रयोग गर्ने गरेका छन्। सम्बन्धित विषयमा दख्खल राख्ने प्रकाण्ड, क्रान्तिकारी सोच – थेगी नसक्नु वेग र घमन्डले युक्त प्रचण्ड, सुनको व्यापार व्यवसायका साथै गैरकानुनी रुपमा लुकाई छिपाई प्रयोग हुने सुनकाण्ड, मानिसहरूलाई फकाउनु- तर्साउन-धम्काउनु र त्यति गर्दा पनि केही नलागेको अवस्थामा गोलाबारुदको सहायता लिई पड्काउनु बमकाण्ड, आफ्नो अनुकूल नहुने पात्र र भारदारहरूलाई जालझेल गरी जेलनेलका साथ चक्कु, खुँडा, तरबार र बन्दुकका माध्यमबाट सफाया गर्नु भण्डारखालकाण्ड र कोतपर्व, राजनैतिक अभिष्टताका लागि राजवंशहरूको समाप्त पार्नु दरबारकाण्ड, गैरकानुनी लेनदेन र कमिसनका लागि बाजीमार्ने काम गर्नु धमिजा, लाउडा, वाइवडी र प्रेसमेशीनकाण्ड, कोशी – गण्डक – महाकाली पञ्चेश्वरको जलदान गर्नु जलकाण्ड, विप्पा सम्झौता गर्नु राष्ट्रघातीकाण्ड हो जता हेर्यो क...