– विष्णुप्रसाद पोखरेल
कर्मकाण्डी शब्द नेपाली समाजमा चर्चित र प्रिय शब्दका रुपमा प्रयोग हुने गर्दछ। यो शब्द त्यत्तिकै चर्चामा आएको छैन। जातिगत र फुटतन्त्रमा विश्वास राख्ने खै कुनै नेताले यो शब्दलाई तरंगित पारेका छन् ! मेरो बुझाइमा यसमा व्यापकार्थ निहित छ र सबैले यसको प्रयोग गर्ने गरेका छन्। सम्बन्धित विषयमा दख्खल राख्ने प्रकाण्ड, क्रान्तिकारी सोच – थेगी नसक्नु वेग र घमन्डले युक्त प्रचण्ड, सुनको व्यापार व्यवसायका साथै गैरकानुनी रुपमा लुकाई छिपाई प्रयोग हुने सुनकाण्ड, मानिसहरूलाई फकाउनु- तर्साउन-धम्काउनु र त्यति गर्दा पनि केही नलागेको अवस्थामा गोलाबारुदको सहायता लिई पड्काउनु बमकाण्ड, आफ्नो अनुकूल नहुने पात्र र भारदारहरूलाई जालझेल गरी जेलनेलका साथ चक्कु, खुँडा, तरबार र बन्दुकका माध्यमबाट सफाया गर्नु भण्डारखालकाण्ड र कोतपर्व, राजनैतिक अभिष्टताका लागि राजवंशहरूको समाप्त पार्नु दरबारकाण्ड, गैरकानुनी लेनदेन र कमिसनका लागि बाजीमार्ने काम गर्नु धमिजा, लाउडा, वाइवडी र प्रेसमेशीनकाण्ड, कोशी – गण्डक – महाकाली पञ्चेश्वरको जलदान गर्नु जलकाण्ड, विप्पा सम्झौता गर्नु राष्ट्रघातीकाण्ड हो जता हेर्यो काण्डै – काण्ड – स्वल्पकान्ड – महाकाण्ड…।
यी सबै खालका क्रियाकलापमा प्रयोगहुने शब्द हो कर्मकाण्ड। कर्मकाण्डको अर्थ जाति र वर्ग विशेषका रुपमा संकुचित पारेको देखिन्छ तर त्यसो होइन ! कर्म भनेको कार्य र काण्ड भनेको बिस्तारित शाखा, क्षेत्र वा स्वरूप हो। यसर्थमा यो शब्दले कार्यकारणको सर्वव्यापकतालाई बुझाउँदछ। कर्म प्रतिको गहिराई, कार्यकौशलता, क्षमता, लगाव र समर्पण भावलाई बुझाउने शब्द हो कर्मकाण्ड। शब्द कुन रुपमा कसरी प्रयोग भएको छ शब्दले भावार्थमा कस्तो प्रभाव र भिन्नता देखाएको छ भन्ने हो। यीनै शब्दहरू सही रुपमा प्रयोग भएका छन् भने तिनीहरूमा मीठास हुनपुग्दछ भने गलत तरिकाले प्रयोग भएकाछन् भने संकुचित अर्थ बुझाउन पुग्दछ। आखिर शब्द त शब्दै हुन्।
यी माथि दिइएका दुई खालका शब्द प्रयोगबाट हामीले वाक्यानुकूलका अर्थ निकाल्न सक्दछौं। यी शब्दहरू विभिन्न पेसावाची शब्दसँग अन्तर्निहित बन्न पुग्दछन् र अर्थबोध गराउँदछन्। यसै सन्दर्भमा ब्राह्मण र अन्य सुमादायले प्रयोग गर्ने शब्द हो कर्मपात्र र कर्मकाण्ड । यी दुई ठाउँमा प्रयोग गरिने शब्दहरूको अर्थ केलाउन तर्फ लागौं।
कर्मपात्र :-
देवकार्य र पितृकार्यमा कर्मपात्र निर्माण गर्ने गरिन्छ। संकल्पित सत्कर्म पूर्णताका लागि कुशपानी लिने गरिन्छ। छलकपट रहित तरिकाबाट अन्तस्करण शुद्धीका साथ मेरो कामना पूर्णहोस् भन्नका लागि ईश्वर प्रति समर्पण भाव दर्शाउनु यसको उद्देश्य हो। यसको अर्को अर्थ हुन्छ – तोकिएको कार्य सम्पादनका लागि पवित्र, योग्य, सक्षम र लगनशील कर्ता, मैले ईश्वरलाई साक्षी राखी मन, बचन र कर्मका साथ ईश्वरका नाममा सपथ / कसम खान्छु मबाट राष्ट्र र जनतालाई अप्ठ्यारो पर्ने काम केही पनि हुनेछैन, हो यसैलाई भन्छन् संकल्प वा सपथ। अहिलेका हाम्रा जनप्रतिनिधिहरूले ईश्वरको नाम उच्चारण गर्न डराउँदछन् किनभने ईश्वरीय सत्तालाई उसको चेतन मनले स्वीकारेको छ, अनि व्यवहारिक रुपमा लोभानी – पापानीलाई घुँडा टेकाउन जनताका नाममा सपथ खान्छु भन्न पुग्दछ। उसले बुझेको छ मबाट सत्कर्म हुन सक्दैन, अतः मलाई ल्याप्चे लगाइदिने जनताका नाममा सपथ खानु नै ठीक छ। हामीलाई लाग्छ आहा यो त क्रान्तिकारी, जनताको नाममा सपथ खायो।

कर्मकाण्डी :-
संस्कारगत क्रियाकलापलाई शास्त्र मार्फत आफ्नो सीप प्रयोग गरी देवकार्य र पितृकार्य सम्पादन गर्ने पात्रहरूलाई अदक्ष, अर्धदक्ष र दक्ष तीनै खालका जनशक्ति यसमा रहेका हुन्छन्। आफ्नो क्षमतानुसारका काम गर्न नसक्ने अवस्थामा सर्वज्ञ बन्दै अघि सर्छन्। जसो – जसो बाउन बाजे उसो – उसो स्वाहा भन्ने यजमान र पण्डितका कारण टपरे बिल्ला भिराउन र भिर्न पुग्दछौं। सनातनी परम्पराबाट प्राप्त सांस्कृतिक विरासतलाई अन्धाधुन्ध तरिकाले आफ्नो अनुकूल प्रयोग गरिदिंदा कतै यो आक्षेप लगाको त होइन ? वा संविधान प्रदत्त अधिकारको दूरुपयोग। समाज सुधारका लागि आवाज बुलन्द हुन्थ्यो भने केही आपत्ति थिएन, आपत्ति हो त केवल जातिगत तुच्छ राजनीति र अभिष्ट सिद्धिका लागि।

कृषि कर्ममा लागेका कृषक, शिक्षण पेसामा संलग्न शिक्षक, लेखनी चलाउने लेखक, वकालत पेसामा संलग्न वकिल, चिकित्सा पेसामा लागेका चिकित्सक, स्वयं सेवामा लागेका स्वयंसेवक, पत्रकारितामा लागेका पत्रकार, नर्सिङ्ग पेसामा लागेका नर्स, व्यापारमा लागेका व्यापारी, राष्ट्र सेवामा लाग्ने राष्ट्रसेवक, राजनीतिमा लाग्ने राजनीतिज्ञ यी सबै आफ्नो कर्ममा दत्त चित्तकासाथ लाग्ने कर्मकाण्डी हुन् अनि कसरी भयो यो शब्द ब्राह्मणमा मात्रै रूढ !
रासायनिक मल र विषादियुक्त कृषि उपज, ९५ % विद्यार्थीलाई अनुत्तीर्ण गराउने शिक्षक, झूटको गवाही दिने वकिल र फैसला गर्ने न्यायधीश, दिग्भ्रमित पार्ने लेखक, देब्रे खुट्टाको अप्रेशन गर्नुपर्नेमा दाहिना खुट्टाको अप्रेशन गर्ने चिकित्सक, आफ्नै सेवामा तल्लीन स्वयं सेवक, तोकिए भन्दा दुईचार पैसा बढी कमाउन खोज्ने काला बजारी, राष्ट्रघात गर्ने राष्ट्रसेवक, खराब नीतिलाई अवलम्बन गर्ने नेतृत्वगण यी सबैलाई टपरे भन्न मिल्ने वा नमिल्ने ? अर्थको अनर्थ जेलगाउन पनि सकिन्छ। विशेष जातिमाथिको आक्षेप जायज कि नाजायज ! कानुनी कारबाही हुने कि नहुने। अब पनि बबण्डरमै रमाउन, नाच्ने र नचाउने। अब त हरेक क्षेत्र सच्चिनु पर्ने होइन र समस्या उहीं ज्यूंका त्यूं।
देश सञ्चालनका लागि समय र माटो सुहाउँदो कानुन निर्माण गरी जनतालाई जनार्दन मानी घृणित जातिगत राजनीतिबाट माथि उठ्ने, राजनैतिक कर्मलाई सर्वोपरि ठान्दै जनता सामु व्यक्त भएका वाचाबन्धन र घोषणापत्र कार्यान्वयन गर्ने स्वकर्म प्रति लगाव भएका कर्मकाण्डी नेता नै देशले चाहेका असल नायक हुन् न कि खलनायक
Comments
Post a Comment