नेपाली भूमि लिपुलेक

Qatar — भारतले नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेकोमा सत्तारुढ नेकपाले विरोध जनाएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले शनिबार साँझ विज्ञप्ति जारी गर्दै नेपाल-भारतको सीमा विवाद जटिल बनाउने कुनै पनि कदम नचाल्न भारतलाई सचेत गराएका छन् । 
ओली-दाहालको विज्ञप्तिमा लेखिएको छ, 'भारत सरकारलाई सडक निर्माण कार्य तुरुन्त बन्द गर्न नेकपा आग्रह गर्दछ । साथै भारत सरकारलाई दुई देशबीचको सीमा विवादलाई झन् जटिल बनाउने कुनै पनि कदम नचाल्न सचेत गराउँदछ ।' 
नेकपाका अध्यक्षद्वयले नेपाल र भारत सरकारलाई सीमा विवाद कूटनीतिक तवरबाट समाधान गर्न पनि आग्रह गरेका छन् । दुवै मुलुकको सहमतिमा सीमा विवाद समाधान हुनुपर्ने उनीहरूको भनाइ छ । दुवै सरकारका संयन्त्रहरूले सीमा विवाद सल्ट्याउने तर्फ काम गरिरहेको अवस्थामा भारतले नेपाली भूमिमा सडक निर्माण गरेर उद्घाटन गरेकोप्रति उनीहरूले विरोध जनाएका छन् । 
भारतीय कब्जामा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको भन्दै अध्यक्षद्वयले सीमा विवाद उच्च राजनीतिक तहबाट समाधान गर्नुपर्नेमा पनि जोड दिएका छन् । सुगौली सन्धि (१८१६)लाई आधार मानेर दुवै देशबीचको सीमा तय भएकाले सोही आधारलाई मान्न पनि नेकपाले भनेको छ । भारत र चीनले सन् २०१५ मा लिम्पियाधुरा भएर व्यापारीक नाका खोल्ने सहमति गरेलगत्तै दुवै देशसामू नेपाल सरकारले असहमति जनाएको पनि नेकपाले स्मरण गराएको छ ।

Comments

Popular posts from this blog

प्रचण्ड’सँग पटक–पटक सम्पर्क गरे पनि भेट्न नसकेको