जब काग कराउछ एका बिहानै

  • जब काग कराउछ एका बिहानै
    • अनी मन डराउछ एका बिहानै
    • ढल्यो कि झै लाउछ घर माथि को बर्
    • आखा नि फर्फराउछ एका बिहानै
    • कस्तो देखे सपना छ्या रातै भरि
    • मन खिन्न गराउछ एका बिहानै
    • उनी आउने सङ्केत दिन पो होकि
    • आगो भर्भराउछ एका बिहानै
    • वारी नै ठिक छ जान्न  भन्छु पारि
    • भाज्ञ खोली तराउछ एका बिहानै
    • काटे रात जेन्तेन झिनो आशा बोकि
    • तर किस्मत हराउछ एका बिहानै
    • मेरो लागी थाती राखेको उन्को
    • सिउदो पराइ भराउछ एका बिहानै

    Comments

    Popular posts from this blog

    प्रचण्ड’सँग पटक–पटक सम्पर्क गरे पनि भेट्न नसकेको