Posts

Showing posts from November, 2021

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अस्पताल भर्ना भएका छन्।

Image
  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अस्पताल भर्ना भएका छन्।  स्वकिय सचिव दाहालले भनेकी छन्, ‘कर्णाली प्रदेशका ऊच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागीता जनाउने क्रममा भएको धपेडी र चापका कारण अध्यक्ष कमरेड प्रचण्डलाई सामान्य रक्तचाप बढ्न गएको हो।अहिले अबश्था सामान्य रहेको र चिकित्सकका सल्लाहअनुसार केहीँ घण्टा आराम गराई डिस्चार्ज गरिने छ। धन्यवाद्।

PM OF NEPAL

 

उदयपुरकी कुमारी न्याय खोज्दै मोरङमा

Image
  उर्लाबारी, १८ कात्तिक । सँगै बाँच्ने र सँगै मर्ने कसम खाएर १७ वर्षको कलिलो उमेरमा प्रेम बिबाहपछि घरजम सुरु गर्नु भएकी ३१ वर्षीया कुमारी खत्री यतिबेला आफ्नै श्रीमानबाट असुरक्षित हुनु भएको छ । श्रीमान्ले कुट्ने, पिट्ने र मार्ने सम्मको धम्की दिएपछि उदयपुरको त्रियुगा ८ रातेखोला घर भएकी कुमारी अहिले मोरङको रतुवामाई ८ इटहरामा आफ्नी दिदीको घरमा शरण लिएर बसिरहनु भएको छ । श्रीमान् मात्र होइन,सासु–ससुरा, नन्द–आमाजु र देवर समेत आफ्नो पक्षमा नभएपछि उहाँ ज्यान जोगाउन गत कात्तिक ११ गते इटहरा आइपुग्नु भएको हो । कुमारीका १२ र ८ वर्षका दुई छोराहरू छन् । कुमारी आफ्ना पति सिद्धिकुमार खड्कासँग ५ वर्ष अघि देखि अलग्गै बस्दै आउनु भएको थियो । श्रीमान्ले बर्सेनि श्रीमती फेरेको थाहा पाएपछि कुमारी घरसल्लाह मै एक्लै बस्न थाल्नु भएको हो । बैदेशिक रोजगारका लागि कतार जाउन्जेल खड्का दम्पत्तिको घरजम गज्जब चलेको थियो । तर, खड्का कतारबाट फर्केर मलेशिया गएपछि कुमारीका दुखका दिन सुरु भए । कुमारी भन्नुहुन्छ–मलेसिया मै राई थरकी केटीसँग प्रेम बसेछ । त्यसपछि म र छोराहरू प्रति वेवास्था गर्न थाल्नुभयो । परिवारका सदस्यले स...

कर्णालीका ६७ प्रतिशत नागरिक अझै टुकीकै भरमा

Image
  काठमाण्डाै - कर्णाली प्रदेशका ६७ प्रतिशत नागरिक अझै टुकी र सौर्य ऊर्जाका भरमा जीवनयापन गर्न बाध्य छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा ऊर्जा विकास महाशाखाको तथ्याङ्कका अनुसार करिब १८ लाखभन्दा बढी जनसङ्ख्या रहेको कर्णालीमा करिब ३३ दशमलव ३९ प्रतिशत अर्थात पाँच लाख ६१ हजार नागरिक मात्रै विद्युतकाे प्रत्यक्ष पहुँचमा छन् । महाशाखाका अनुसार अहिलेसम्म सुर्खेतमा ४७ , सल्यानमा ५०, रुकुम–पश्चिममा ३९, दैलेखमा २६ जाजरकोटमा १४ प्रतिशत जनसङ्ख्याले मात्र विद्युत् सेवा पाएका छन् । यसैगरी डोल्पामा २०, जुम्लामा पाँच, कालीकोटमा २२, मुगुमा १९ र हुम्लामा २८ प्रतिशत नागरिक विद्युतकाे पहुँचमा छन् ।

९५ डिएसपीको सरुवा

  काठमाडौँ — प्रहरी प्रधान कार्यालयले बिहीबार विभिन्न क्षेत्रमा कार्यरत ९५ प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको बिहीबारको निर्णयानुसार उपत्यकासहित विभिन्न जिल्लामा कार्यरत प्रहरी उपरीक्षकको सरुवा गरिएको प्रहरीको मानव स्रोत तथा प्रशासन विभागले सूचना जारी गरी जनाएको छ ।  नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा अनन्तराम शर्मा, प्रहरीवृत्त कालीमाटीमा अनिलकुमार घिमिरे, नगर प्रहरी कार्यालय काठमाडौँमा कौशलकुमार बुढाथोकी, प्रहरीवृत्त बालाजुमा गौतम मिश्र र प्रहरीवृत्त थानकोटमा डिल्लीनारायण पाण्डेलाई सरुवा गरिएको छ । यस्तै प्रहरीवृत्त दरबारमार्गमा विश्वराज खड्का, प्रहरीवृत्त जगाती भक्तपुरमा रामबहादुर केसी, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रामहरि पाण्डेलगायत अन्य प्रहरी नायब उपरीक्षकलाई विभिन्न जिल्ला तथा प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ