कर्णालीका ६७ प्रतिशत नागरिक अझै टुकीकै भरमा

  काठमाण्डाै - कर्णाली प्रदेशका ६७ प्रतिशत नागरिक अझै टुकी र सौर्य ऊर्जाका भरमा जीवनयापन गर्न बाध्य छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा ऊर्जा विकास महाशाखाको तथ्याङ्कका अनुसार करिब १८ लाखभन्दा बढी जनसङ्ख्या रहेको कर्णालीमा करिब ३३ दशमलव ३९ प्रतिशत अर्थात पाँच लाख ६१ हजार नागरिक मात्रै विद्युतकाे प्रत्यक्ष पहुँचमा छन् ।

महाशाखाका अनुसार अहिलेसम्म सुर्खेतमा ४७ , सल्यानमा ५०, रुकुम–पश्चिममा ३९, दैलेखमा २६ जाजरकोटमा १४ प्रतिशत जनसङ्ख्याले मात्र विद्युत् सेवा पाएका छन् । यसैगरी डोल्पामा २०, जुम्लामा पाँच, कालीकोटमा २२, मुगुमा १९ र हुम्लामा २८ प्रतिशत नागरिक विद्युतकाे पहुँचमा छन् ।

Comments

Popular posts from this blog

प्रचण्ड’सँग पटक–पटक सम्पर्क गरे पनि भेट्न नसकेको