Posts

Showing posts from 2020

नेपालमा भूकम्प फेरी आज

Image
 काठमान्डौ, दोलखा केन्द्र भएर केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको छ ।मंगलबार राति ११ बजेर ५३ मिनेट मा दोलखाको जुगु आसपास केन्द्र भएर भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ५.३ म्याग्नेच्युड थियो । भूकम्पको धक्का काठमान्डौ , भक्तपुर , ललितपुर , सिन्धुपाल्चोक, धादिंग , तनहु , चितवनलगायत देशका अन्य जिल्लाहरुमा पनि महाशुह गरिएको छ ।मध्यरातमा भुकम्पको धक्काले महशुश भएपछी धेरै मानिसहरु घरबाहिर निक्लिएका छन । २०७२ वैशाख १२ र २९ गते भूकम्प गएको थियो । जसका कारण ठूलो ज’नधनको क्षति भएको थियो । आजको भूकम्पका कारण अहिलेसम्म क्ष’तिको कुनै विवरण प्राप्त भएको छैन । भूकम्पको केन्द्रबिन्दुको गहिराई १०० किमी भएकोले लामो समय र धेरै टाढा सम्म सामान्य धक्का महसुस भएको हुनसक्‍ने जनाइएको छ । काठमाडौंलगायतका आसपासका क्षेत्रमा यसको धक्का महसुस भएको छ ।
Image
– विष्णुप्रसाद पोखरेल कर्मकाण्डी शब्द नेपाली समाजमा चर्चित र प्रिय शब्दका रुपमा प्रयोग हुने गर्दछ। यो शब्द त्यत्तिकै चर्चामा आएको छैन। जातिगत र फुटतन्त्रमा विश्वास राख्ने खै कुनै नेताले यो शब्दलाई तरंगित पारेका छन् ! मेरो बुझाइमा यसमा व्यापकार्थ निहित छ र सबैले यसको प्रयोग गर्ने गरेका छन्। सम्बन्धित विषयमा दख्खल राख्ने प्रकाण्ड, क्रान्तिकारी सोच – थेगी नसक्नु वेग र घमन्डले युक्त प्रचण्ड, सुनको व्यापार व्यवसायका साथै गैरकानुनी रुपमा लुकाई छिपाई प्रयोग हुने सुनकाण्ड, मानिसहरूलाई फकाउनु- तर्साउन-धम्काउनु र त्यति गर्दा पनि केही नलागेको अवस्थामा गोलाबारुदको सहायता लिई पड्काउनु बमकाण्ड, आफ्नो अनुकूल नहुने पात्र र भारदारहरूलाई जालझेल गरी जेलनेलका साथ चक्कु, खुँडा, तरबार र बन्दुकका माध्यमबाट सफाया गर्नु भण्डारखालकाण्ड र कोतपर्व, राजनैतिक अभिष्टताका लागि राजवंशहरूको समाप्त पार्नु दरबारकाण्ड, गैरकानुनी लेनदेन र कमिसनका लागि बाजीमार्ने काम गर्नु धमिजा, लाउडा, वाइवडी र प्रेसमेशीनकाण्ड, कोशी – गण्डक – महाकाली पञ्चेश्वरको जलदान गर्नु जलकाण्ड, विप्पा सम्झौता गर्नु राष्ट्रघातीकाण्ड हो जता हेर्यो क...

अनलाइन कक्षा

विज्ञहरूले अनलाइनको पहुँचमा नभएका विद्यार्थीका लागि रेडियो, टेलिभिजन र छापा सामग्रीसमेत प्रयोगमा ल्याउन सरकारलाई सुझाएका छन् काठमाडौँ — शिक्षा मन्त्रालयद्वारा गठित विज्ञ समितिले विद्यालय बन्द रहेका बेला रेडियो, टेलिभिजन र छपाइ सामग्रीसहित अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने औंल्याएको छ । सरकारले दूरशिक्षाको योजना बनाउँदा सञ्चार सामग्रीमा पहुँच नभएका र रेडियो, टीभीमात्रै साथमा रहेका विद्यार्थी–अभिभावकलाई विशेष ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । सहरी क्षेत्रका पनि ५० प्रतिशत विद्यार्थी मात्रै इन्टरेनटको पहुँचमा रहेकाले अन्य विकल्पको विस्तार गर्नुपर्ने समितिको निष्कर्ष छ । खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माको संयोजकत्वमा गठित समितिले अनलाइन कक्षालाई प्रभावकारी बनाउन राज्यले पूर्वाधार सुनिश्चित गर्नुपर्ने सुझावसहित शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाइसकेको छ । ‘गरिब परिवारका विद्यार्थीका लागि इन्टरनेटको शुल्क तिर्ने र अनलाइन अध्ययनका लागि चाहिने कम्प्युटर वा मोबाइल लगायत अन्य साधनको पहुँच छैन,’ प्रतिवेदनमा भनिएको छ 

नेपाली भूमि लिपुलेक

Image
Qatar — भारतले नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेकोमा सत्तारुढ नेकपाले विरोध जनाएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले शनिबार साँझ विज्ञप्ति जारी गर्दै नेपाल-भारतको सीमा विवाद जटिल बनाउने कुनै पनि कदम नचाल्न भारतलाई सचेत गराएका छन् ।  ओली-दाहालको विज्ञप्तिमा लेखिएको छ, 'भारत सरकारलाई सडक निर्माण कार्य तुरुन्त बन्द गर्न नेकपा आग्रह गर्दछ । साथै भारत सरकारलाई दुई देशबीचको सीमा विवादलाई झन् जटिल बनाउने कुनै पनि कदम नचाल्न सचेत गराउँदछ ।'  नेकपाका अध्यक्षद्वयले नेपाल र भारत सरकारलाई सीमा विवाद कूटनीतिक तवरबाट समाधान गर्न पनि आग्रह गरेका छन् । दुवै मुलुकको सहमतिमा सीमा विवाद समाधान हुनुपर्ने उनीहरूको भनाइ छ । दुवै सरकारका संयन्त्रहरूले सीमा विवाद सल्ट्याउने तर्फ काम गरिरहेको अवस्थामा भारतले नेपाली भूमिमा सडक निर्माण गरेर उद्घाटन गरेकोप्रति उनीहरूले विरोध जनाएका छन् ।  भारतीय कब्जामा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको भन्दै अध्यक्षद्वयले सीमा विवाद उच्च राजनीतिक तहबाट समाधान...